टोकियो – बैतडीको पाटन नगरपालिका-३ का एक युवकको जापानमा मृत्यु भएको छ । पढाइको लागि करिब ३ महिनाअघि मात्रै जापान आएका २१ वर्षीय जनकप्रसाद अवस्थीको निधन भएको हो ।
अध्ययनको सिलसिलामा नागोया बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । साथीहरूसँग नुहाउन समुद्री किनारमा गएका अवस्थीको डुबेर मृत्यु भएको हो ।
लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ ।