Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रवासी नेपाली मञ्च कुवेत राष्ट्रिय कमिटीको चौथो राष्ट्रिय सम्मेलन कुवेत सिटीमा सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार आयोजित यस सम्मेलनको उद्घाटन नेकपा एमाले स्थाई कमिटीका सदस्य, प्रवास इन्चार्ज तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले गरेका थिए। सम्मेलनले रुपेन विक्रम हमालको नेतृत्वमा नयाँ कुवेत राष्ट्रिय कमिटी चयन गरेको छ।

उद्घाटन समारोहमा नेपाली पञ्चैबाजा र नेपालका कलाकारहरुको प्रस्तुतीसहित, नेता भट्टराईले सम्मेलनको सफलताको शुभकामना दिएका थिए। साथै, उनले नेकपा एमालेका अध्यक्षको नेतृत्वमा बनेको वर्तमान सरकार मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न, अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान र सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए।

नेता भट्टराईले प्रवासमा कार्यरत श्रमिकहरुको हितमा वर्तमान सरकारले प्राथमिकता दिने, श्रमिकको हक, हित र सुरक्षाका लागि देशको कानुन र नीतिमा आवश्यक परिवर्तन गर्ने, तथा कुवेत लगायत विभिन्न मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल गर्ने बताएका थिए।

समारोहमा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, तथा कुवेतस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए। नेपाली श्रमिकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त समारोहमा सहयोगी संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया