समाचार सुन्नुहोस :
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।