Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बगेका दुई बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन। घटना भएको १४ दिन बित्दा पनि नेपाल र भारतको संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ तर कुनै नयाँ संकेत पाउन सकेको छैन।

सशस्त्र प्रहरी बल नेपाल र भारतको राष्ट्रिय आपदा मोचन बल (NDRF) बाट गोताखोरसहित १२ जनाको प्राविधिक टोलीले पाँच दिनदेखि संयुक्तरूपमा खोजी गरिरहेको छ। सिमलतालदेखि भारतीय सीमा गण्डक ब्यारेजसम्म विभिन्न क्षेत्रबाट टोली परिचालन गरिएको छ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बगेका थिए। बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। हालसम्म २५ जनाको शव भेटिएको छ भने अझै ३७ जनाको अवस्था अज्ञात छ।

तपाईको प्रतिक्रिया