Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ। विहिबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्न आदेश दिएको हो।

झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र साउन ६ गते न्यायाधीश ढुंगानाको इजलासमा पेश भएको थियो। तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगित गरेका थिए।

झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो। उनलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका खेलेको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया