Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’मा रहेको शव परीक्षण युनिटमा अवस्था बुझ्दै उनले जहाज दुर्घटनामा परेर ज्यान गुमाएकालाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

मन्त्री पौडेलले अस्पताल प्रशासनलाई दुर्घटनामा परेका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई यथाशीघ्र हस्तान्तरण गर्न आग्रह गरेका छन्। उनले भने, “अस्पतालका अनुसार डिएनए परीक्षण गर्न नपर्ने पहिचान भएका सबैको शव भोलि साँझसम्म हस्तान्तरण गर्ने योजना रहेको छ, शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला।”

 

तपाईको प्रतिक्रिया