Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देश नेताहरूले नभई बिचौलियाहरूले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताएका हुन् ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो । आफूभन्दा अघि अर्थमन्त्री भएका कांग्रस नेता डा। प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए ।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो । मैले पनि सकिनँ । अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ । म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरूले चलाउने हो कि बिचौलियाहरूले ?’ उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरूले त्याग गर्नुभएको छ । बलिदान गर्नुभएको छ । जेल पर्नुभएको छ । सबै युद्धबाट आउनुभएको छ । नेताहरूले देश चलाइदिनुस् । पार्टीहरूले देश चलाइदिनुस् । बिचौलियाहरूले होइन ।’

पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारका मुद्दामा छानबिन र कारबाही अगाडि बढाएपछि कांग्रेस–एमाले मिलेको टिप्पणी गरे । ‘गिरिबन्धु टी इस्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाहीअगाडि बढाएपछि सरकार ढलेको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया