Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) २०२६ का लागि आवेदन दिने समयावधि दुई दिन थप गरेको छ। यसअघि ५ नोभेम्बर २०२४ सम्म तोकिएको अन्तिम म्यादलाई बढाएर अब ७ नोभेम्बर २०२४ सम्म पुर्याइएको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ।

डिभी भिसाका लागि आवेदन असोज १६ गते बुधबार राति ९:४५ बजेबाट खुला गरिएको थियो। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया