Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – नेपालको राजनीतिक उथलपुथललाई इंगित गर्दै फ्रान्सको चर्चित दैनिक पत्रिका ले मोन्डेले ‘नेपाल राजनीतिक अस्थिरताको विश्व विजेता’ शीर्षकमा समाचार छापेको छ ।

हालै मात्र नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भएर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । पत्रिकाले लेखेको छ, ‘राजनीतिक अस्थिरता ओलम्पिक खेलकुदमा नेपालले पोडियममा शीर्ष स्थान कायम राखेको छ । सोमबार शपथ लिनुभएका ७२ वर्षीय खड्गप्रसाद (केपी) शर्मा ओली सन् २००८ यताको १४औं सरकार प्रमुख हुनुहुन्छ र सन् १९९० मा संसदीय प्रजातन्त्रको पुनर्स्थापनापछिको ३०औं सरकार प्रमुख हुनुहुन्छ ।’

प्रकाशित समाचारमा हरेक वर्ष नयाँ प्रधानमन्त्री ३० मिलियन बासिन्दाहरूको सानो गणतन्त्रको लागि उल्लेखनीय उपलब्धि भएको टिप्पणीसमेत गरिएको छ । ‘नेपाली राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रति-गठबन्धन, पलटाव र विश्वासघातको सङ्ख्या अचम्मको छ । उदाहरणका लागि कम्युनिष्टहरूले कहिलेकाहीं अति-राजतन्त्रवादी पार्टीसँग गठबन्धन गरेका छन् यद्यपि, दुई पार्टीहरू वर्षौंदेखि सबैभन्दा ठूलो शत्रू थिए।’ पत्रिकामा छापिएको छ । साथै, पत्रिकाले नेपाली नेताहरुको भारतसँग चरम सम्बन्ध रहेको पनि बताएको छ ।

तपाईको प्रतिक्रिया