Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – गल्कोट समाज जापानले आठौँ अधिवेशनको मिति तोकिएको छ । समाजको अधिवेशन आउँदो जुलाई ३० तारिख मंगलबारका दिन टोकियोमा सम्पन्न गर्ने गरी मिति तोकिएको हो ।

समाजले गलकोटे मनहरूलाई जोड्दै भातत्वको भावना विकास गराई जापानमा रहेका विशेष गरि गलकोट क्षेत्रबाट आई विभिन्न पेशा व्यवसाय अध्ययन लगायतका क्षेत्रमा क्रियाशील रहेकाहरूलाई जापानमा सिकेको सीप ज्ञान र लगानीलाई जन्मभूमिमा लगाउन उत्प्रेरित गर्दै आइरहेको प्रवक्ता दिलीप कँडेलले जानकारी दिए । निर्वाचन सम्पन्न गर्न समाजका संरक्षक मोहन खत्रीको संयोजकत्वमा ५ सदस्यको निर्वाचन समिति समेत चयन गरिएको छ ।

गलकोट समाज जापानले गलकोटको लोकप्रियता र प्रसिद्धिलाई स्थापित गर्न, हरेक गलकोटे तथा आम नेपालीहरूमा सकारात्मक र सहयोगात्मक धारणाको विकास गर्ने उद्देश्यले स्वदेश तथा विदेशमा रहने गलकोटेलाई आइपरेका समस्या तथा अप्ठ्यारामा परेकालाई सहयोग पुर्‍याउँदै आएको छ । समाजलाई सकारात्मक दिशामा लैजान प्रोत्साहित गर्न सहयोग पुर्‍याउने हेतुले संस्थाद्वारा विभिन्न समयमा समुदायलाई सहयोग पुग्ने कार्यमा निरन्तर लागिरहेको छ ।

समाज ‘हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी संवृद्ध गराऔं’ भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी गलकोट क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले सन् २००६ मा स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया