Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हालका समयमा वयस्कहरू भन्दा युवाहरूमा मानसिक समस्याहरू बढी देखापर्न थालेका छन्। यसको मुख्य कारण भनेको अत्यधिक सोचाइ अर्थात् ओभरथिङ्किंग हो। धेरै युवाहरूले यसलाई आफ्नो दैनिकीको हिस्सा नै बनाएका छन्। आज हामी तपाईंलाई ओभरथिङ्किंगको बानीबाट कसरी मुक्त हुने भन्ने केही उपायहरू बताउँछौं।

जब तपाईंको दिमागमा अनेकौं विचारहरू आइरहेका हुन्छन्, तब आफ्नो आँखा बन्द गरेर गहिरो सास लिनुहोस्। यसो गर्दा तपाईंको दिमागमा पर्याप्त अक्सिजन पुग्छ र मानसिक शान्तिको अनुभव गर्न सक्नुहुन्छ।अनावश्यक विचारहरू आउँदा आफ्नो ध्यान अन्यत्र मोड्ने प्रयास गर्नुहोस्। तपाईं फिल्म हेर्न, खाना पकाउन, वा कुनै राम्रो पुस्तक पढ्न सक्नुहुन्छ। यसले तपाईंलाई नकारात्मक र अनावश्यक विचारहरूबाट टाढा राख्न मद्दत गर्छ। कतिपय अवस्थामा साना-साना कुराहरूमा अड्केर बस्ने हाम्रो बानी हुन्छ। तर, राम्रो मानसिक स्वास्थ्यका लागि केही चिजहरू भुल्न र आफूलाई अझ राम्रो बनाउनतर्फ सोच्न आवश्यक छ।

यदि तपाईं कुनै डरका कारण अनावश्यक कुरा सोचिरहनुहुन्छ भने त्यो डरलाई मनबाट निकाल्नुहोस्। डरले कुनै पनि कुरा परिवर्तन हुँदैन। डराउनुको सट्टा परिस्थितिको सामना गर्न सिक्नुहोस्। आफ्ना विचारहरू लेख्नु पनि ओभरथिङ्किंगबाट बच्ने राम्रो उपाय हो। त्यसैले दैनिक केही न केही लेख्ने बानी बसाल्नुस्। यसले तपाईंको मनलाई हल्का बनाउँछ।

 

तपाईको प्रतिक्रिया