समाचार सुन्नुहोस :
काठमाडौँ – सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १,९०० रुपैयाँले बढेर १,४४,७०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला १,४२,८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले जनाएअनुसार, आज तेजाबी सुनको मूल्य प्रतितोला १,४४,००० रुपैयाँमा पुगेको छ।
चाँदीको मूल्य पनि वृद्धि भई आज प्रतितोला २५ रुपैयाँले बढेर १,८६५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला १,८४० रुपैयाँमा कारोबार भएको थियो।
गत जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १,४५,००० रुपैयाँमा पुगेको थियो, तर त्यसयता सुनको मूल्यमा गिरावट आएको थियो।