Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन् । उनलाई उत्तर कोरियाली नेता किम जोङ उनले स्वागत गरेका छन् । मध्यरातमा प्योङयाङ पुगेका पुटिनलाई नेता किमले सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्योङयाङमा पुटिनको स्वागतको लागि विशेष सांस्कृतिक कार्यक्रम र सैन्य परेडको आयोजना गरिएको छ। विशेषगरी, किम इल सुङ स्क्वायरमा भव्य सैन्य परेडको तयारी गरिएको छ।

स्वागत समारोह सम्पन्न भए पछि दुई नेताबीच कूटनीतिक वार्ता हुनेछ। वार्तामा अर्थतन्त्र र सैन्य सम्बन्धका विषयमा गहन छलफल हुनेछ र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिने छ। साथै, पुटिनले आजै एक अर्थोडक्स चर्चको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ।

पछिल्लो पटक यी दुई नेताबीच सेप्टेम्बरमा सुदूर पूर्वी रुसमा भेट भएको थियो, तर सन् २००० पछि पुटिनको यो पहिलो प्योङयाङ भ्रमण हो।

तपाईको प्रतिक्रिया