Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मौसमविद्हरूका अनुसार, पछिल्ला केही दिनदेखि उच्च तापक्रमले प्रभावित भएको काठमाडौँ उपत्यकामा शनिबार राति मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। शुक्रबारको तुलनामा शनिबार काठमाडौँको तापक्रम केही घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझदेखि मौसम शीतल हुनेछ।

विभागका मौसमविद् सरोज पुडासैनीले साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिए। उनले शनिबार अपराह्न र राति मेघगर्जनसहित सामान्य वर्षा हुने सम्भावना रहेको बताए। शनिबार काठमाडौँको मौसम आंशिकदेखि साधारणतया बदली हुने र अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको छ।

तपाईको प्रतिक्रिया