Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभी क्षमताको हेटौंडा सबस्टेसनको उद्घाटन गरेका छन्। नेपाल विद्युत् प्राधिकरणद्वारा आयोजित कार्यक्रममा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थाना भर्‍याङमा निर्मित यो सबस्टेसनको उद्घाटन सम्पन्न भयो। ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित यो सबस्टेसन नेपालकै तेस्रो ठूलो ४०० केभी सबस्टेसन हो, जसको निर्माण कार्य सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो।

यस्तै, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट पनि थाना भर्‍याङमा २२० केभी र १३२/११ केभी क्षमताका सबस्टेसनहरूको निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै सञ्चालनमा ल्याइएको छ। मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन तथा भारतसँगको विद्युत् व्यापारलाई सुदृढ गर्न जीआईएस प्रविधियुक्त ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो स्वचालित सबस्टेसन बनेका हुन्।

हेटौंडा सबस्टेसनको निर्माण पूरा भएपछि करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ।

तपाईको प्रतिक्रिया