काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक दुईवटा सवारी एकापसमा ठोक्किएर दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे१ख ४०६० नम्बरको यात्री बस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएका हुन् ।
कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको छ । दुर्घटनामा परी २० जना घाइते भएकोका पाँच जनाको अवस्था गम्भीर छ ।
कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।
गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।