समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम छ।
साथै, बैठकमा विभिन्न सांसदहरूले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव पेस गर्ने र ती प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।