Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकालको जिम्मेवारी सम्हाले। सोमबार बिहान साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेका मोदीले तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेका छन्, जसको उल्लेख भारतीय मिडियाले गरेको छ।

मोदीले २० हजार करोड रुपैयाँ किसान निधिको रकम भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका छन्। मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि आज बस्दैछ, जसमा केही महत्वपूर्ण निर्णयहरू लिन सकिने अपेक्षा गरिएको छ। बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँट गर्ने योजना पनि रहेको छ।

आइतबार, मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ ग्रहण गरेका थिए।

तपाईको प्रतिक्रिया