Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार साँझ भएको यो भेटघाटमा नेपाल-भारतबीचको दीर्घकालीन आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भयो।

भेटका क्रममा विगतमा भएका विभिन्न समझदारी तथा सम्झौताहरूको समीक्षा पनि गरिएको थियो। प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ नयाँ दिल्लीमा सम्पन्न शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। उनी सोही दिन भारत पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डको भ्रमण दलमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहित अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू पनि सामेल छन्। प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने तयारीमा छन्।

तपाईको प्रतिक्रिया