Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सम्पन्न भएको छ। पुलमा फसेका १३ मध्ये ११ खच्चडलाई सकुशल उद्धार गरिएको छ भने २ खच्चडलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ। आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए। घटना भएलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर उद्धार कार्य सुरु गरेको थियो।

दैलेख र अछाम जोड्ने यस पुलका तारजाली कमजोर भएर चुँडिँदा चामल बोकेर फर्किरहेका खच्चडहरू फसेका थिए। दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालका अनुसार फसेकामध्ये १० खच्चडलाई खोलामा खसालिएको थियो, जसमध्ये ८ खच्चडलाई सकुशल उद्धार गरिएको छ। बाँकी २ खच्चड नदीमा खस्दा ढुंगामा बजारिएर मृत्यु भएको बताइएको छ।

यस्तै, बाँकी रहेका तीन खच्चडलाई भने पुलबाट तारको सहायताले सुरक्षित रूपमा बाहिर निकालिएको दाहालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया