Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वमुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारको गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्न नमिल्ने सूचीमा परेको छ। आज न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, सुनिलकुमार पोखरेल र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा रिटको सुनुवाइका लागि पेशी तोकिएको थियो।

न्यायाधीश पोखरेलले यसअघि कोशीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध कानुन व्यवसायीका रूपमा बहस गरेका कारण उनी आजको इजलासमा बस्न नमिल्ने भएपछि रिट हेर्न नमिल्ने सूचीमा परेको हो।

पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार गठन गर्नु संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन्।

तपाईको प्रतिक्रिया