Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालय तथा नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । सोमबार महानगर प्रमुख बालेनले आफ्नो फेसबूक वालमा एक स्टाटस लेखेर उक्त चेतावनी दिएका हुन् । फोहोर बोक्ने चार जना चालकलाई पक्राउ गरिएकाले उनीहरू स-सम्मान रिहा नभए फोहोर नउठाउने उनले चेतावनी दिएका हुन् ।

‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म स-सम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबारलगायत सबै पार्टी कार्यालयको तथा नेताहरूको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छाडिँदैन ।’ सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले लेखेका छन् ।

यता प्रहरीले भने उनीहरूलाई पक्राउ नगरिएको जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया