Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मंगलबार संसद अवराेध नगर्न अनुराेध गरेका छन्। बिहान बालुवाटारमा भएको छलफलमा प्रचण्डले कांग्रेसको माग सम्वोधनका लागि आफुले अधिकतम प्रयास गरिरहेको भन्दै आजको संसद बैठक अवरोध नगरिदिन अनुरोध गरेका हुन् । आज राष्ट्रपति रामचन्द्र पाैडेलले संसदमा सरकारकाे नीति तथा कार्यक्रम पेश गर्दैछन्। दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भएकाे छलफलमा कांग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरू उपस्थित थिए। कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा अवरोध नपुर्‍याउन र सदन चलाउन सहयोग गर्न अनुराेध गरेकाे जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीकाे प्रस्तावबारे कांग्रेस संसदीय दलकाे बैठकमा छलफल हुनेछ।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ। उसले यही माग राख्दै संसद बैठक अवरुद्ध तुल्याउँदै आएको छ। संसद्को बजेट अधिवेशन प्रारम्भ भएको दिन पनि कांग्रेसले संसद् बैठक अवरुद्ध पारेको थियो ।

 

तपाईको प्रतिक्रिया