समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। अस्वस्थ भएपछि उनी अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।
अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्नेजस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन् । अध्यक्ष ओली अस्वस्थ भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्।