Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हेलम्बु गाउँपालिका- १ स्थित दोरिङ भिरबाट जिप खस्दा त्यहाँ सवार दुई भुटानी पर्यटकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ७१ वर्षीया तेन्जिन वाङमो र ३३ वर्षीय टग्पगेङ भुटानी रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिए। दुर्घटनामा पाँच घाइते भएका छन्। घाइते हुनेमा नेपाली चालक हेलम्बु– २ निवासी रामचन्द्र भण्डारी, भुटानीहरू गर्चा, हिसी, फुक्सिदोर्जे र थुक्छिरिङ भुटानी रहेका छन्। मृतकहरुको शवसहित दुर्घटनामा घाइते भएका पाँचै जनालाई हेलिकप्टरमा काठमाडौं ल्याइएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दुर्घटनामा परेको हो। जिपमा नेपाली चालक र ६ भुटानी नागरिक सवार थिए। चार घाइते भुटानी र नेपाली चालकको प्राथमिक उपचारपछि काठमाडौं पठाइएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। दुर्घटना भएको जिप र अन्य तीन जिपमा समेत गरी २९ भुटानी हेलम्बुको भ्रमणमा आएको उनले बताए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार :

यो पनि पढ्नुहोस : हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

तपाईको प्रतिक्रिया