Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर बा २ च ४४५० नम्बरको जिप दोरिङमा दुर्घटनामा परेको हाे ।

जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए । तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए । भुटानी नागरिकहरू ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको खुलेको उनले बताए ।

गुम्बा जाँदै गरेको जिप सडकबाट ५० मिटर तल खसेको थियो । घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेलाई पनि हेलिकप्टरबाटै काठमाडौं ल्याउने तयारी छ । जिपका चालक हेलम्बु गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय रामचन्द्र भण्डारी रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया