Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीबीच छलफल भइरहेको हो । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।आजको बैठकमा पनि शीर्ष नेताहरू सहभागी छन् । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक सहभागी छन् ।

निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ । १९ सिटका लागि निर्वाचन हुँदैछ । सत्तारुढ दलले यसअघिनै मिलेर चुनाव लड्ने समझदारी गरिसकेका छन् । तर सटि बाडफाँडमा कुरा मिलेको छैन् ।

तपाईको प्रतिक्रिया