समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । लामिछानेले अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मंगलवार मुद्दा दायर गरेका हुन् ।
मुद्दामा कान्तिपुर पब्लिकेसन, उक्त पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई-कान्तिपुर डट्कम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको छ ।