Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा बिहीबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजालसमा सो मुद्दाको सुनुवाइ जारी छ । काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि आज पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् ।

पीडित भनिएकी गौशाला २६ (छ)को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस बेला पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि सन्दीप देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया