समाचार सुन्नुहोस :
काठमाडौं – सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले हालेको मुद्दा हालेको थियो ।