Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपालले चीनलाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त सहमति भएको हो । दुई देशबीचको मैत्रीपूर्ण सम्वन्धलाई थप विकास र विश्वासका लागि नेपालले चीनलाई गैंडा उपहार दिन लागेको हो ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बेइजिङमा आफ्ना समकक्षी लि खछयाङसागको भेटपछि त्यस्तो प्रतिबद्धता जनाएका हुन् । नेपाल र चीनका बीचमा विभिन्न विषयमा भएको सम्झौतापछि आज बिहान जारी भएको दुबै देशको संयुक्त बक्तब्यमा पनि यो कुरा उल्लेख छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिने प्रतिबद्धता जनाएको वक्तव्यमा उल्लेख छ । नेपालले उपहारका रूपमा अमेरिका, भारत, बेलायत, जर्मनी र चीनलाई पनि गैंडा दिँदै आएको छ ।

यस अगाडी पनि नेपालले नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा चीन सरकारलाई उपहारस्वरुप ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडा दिएको थियो । २०७५ मा कार्गो विमानबाट नेपालले चीनलाई गैंडा उपहारका रुपमा पठाएको थियो ।

 

तपाईको प्रतिक्रिया