Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि बालुवाटारस्थित निवासबाट निकालिएकाे छ । नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले बुधवार साँझ एक विज्ञप्ति निकाल्दै अनुरोध गरेको छ ।

शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।विदेशमा रहेका २ छोरा विदेश बाट आउन केही ढिला भएकाले नेम्वाङको अन्त्येष्टि केही ढिला भएको हो । छोराहरू बुधवार आएका थिए । उनको निधनको शोकमा सरकारले बिहीवार सार्वजनिक बिदास दिएको छ । पूर्वकानूनमन्त्रीसमेत रहेको नेम्वाङको गएको सोमवार मध्यराति हृदयघातको कारण निधन भएको थियो ।

तपाईको प्रतिक्रिया