समाचार सुन्नुहोस् :
काठमाडौं – बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँ कायम भएको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.५६ रुपैयाँ र बिक्री दर १३३.१६ कायम थियो।
युरोपियन युरोको भाउ पनि घटेको छ। आज १ युरोपियन युरोको खरिद दर १४१.८२ रुपैयाँ तय हुँदा बिक्री दर १४२.४६ रुपैयाँ रहेको छ। मंगलबार १ युरोको खरिद दर १४२.२४ रुपैयाँ तय हुँदा बिक्री दर १४२.८९ रुपैयाँ रुपैयाँ थियो।
पाउण्ड स्टर्लिङको भाउमा पनि गिरावट आएको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.०१ रुपैयाँ र बिक्री दर १६५.७५ रुपैयाँ रहेको छ। मंगलबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.८७ रुपैयाँ र बिक्री दर १६६.६२ रुपैयाँ थियो। यस्तै, आज जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १ पैसा र बिक्री दर ९ रुपैयाँ ५ पैसा रहेको छ।
विस्तृतमा, आजको विदेशी मुद्राको विनिमय दर कति?