समाचार सुन्नुहोस् :
काठमाडौँ – घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउदैं भारतले एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले दिएको २१४ रनको लक्ष्य पन्छाएको श्रीलंका ४३ दशमलब ३ ओभरमा १७२ रनमा अलआउट भयो । उसका दुनिथ वेलालेजले ४२ र धनन्जय डि सिल्भाले ४१ रन बनाएपनि हार भने टार्न सकेनन्।
भारतका कुलदीप यादवले ४,रविन्द्र जडेजाले दुई, जस्प्रित बुमराहले दुई, हार्दिक पान्ड्या र मोहम्मद शिराजले एक एक विकेट लिए ।
त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको भारत ४९ दशमलब १ ओभरमा २१३ रनमा अलआउट भयो । जसमा कप्तान रोहित शर्मा ५३,शुभमन गिल १९,विराट कोहली ३,इशान किसन ३३,केएल राहुल ३९,हार्दिक पान्ड्या ५, रविन्द्र जडेजा ४, अक्षर पटेल २६ रनमा आउट भए । श्रीलंकाका दुनिथ वेलालेजले ५,हरिता असलंकाले ४ विकेट लिए । सुपर सिक्समा लगातार दोस्रो जित निकाल्दै भारत उपाधि नजिक पुगेको हो ।
यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ ।श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ । सुरुवाती दुई हारका साथ बंगलादेश भने फाइनल दौडबाट बाहिरिएको छ ।