Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – पाकिस्तान र श्रीलंकामा जारी एसीसी एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल आज पुनः हुने भएको छ । आइतबारका लागि तय भएको खेल वर्षाका कारण पूरा हुन नसकेपछि ‘रिजर्भ डे’ अर्थात आज खेल हुन लागेको हो ।

आइतबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा निरन्तर भारी वर्षा भएपछि खेल स्थगित भएको थियो ।तर आज सोही अवस्थाबाट पुनः खेल सुरु हुने भएको हो ।

आइतबार भारतीय ब्याटर शुवमन गिल ५८ रन तथा कप्तान रोहित शर्मा ५६ रनमा आउट भए । विराट कोहली ८ तथा केएल राहुल १७ रन बनाएर अविजित रहेका छन् । पाकिस्तानका शदाब खान र शाहिन शाह अफ्रिदीले एक-एक विकेट हात पारेका छन् ।

 

तपाईको प्रतिक्रिया