Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं – कोशी सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाईका लागि आइतबार पेशी तोकिएको छ । उक्त रिट निवेदन न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दिएका थिए ।

उक्त रिटमा सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको भएपनि आजका लागि हेर्न नमिल्ने सूचीमा परेका हो । शुक्रबार उक्त रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तोकिएको थियो ।मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो ।

यो मुद्दा शुक्रबार पनि खतिवडासहितकै इजलासमा पेसी तोकिए पछि ‘न्यायाधीश तिवडाल आफुले हेर्न नमिल्ने भएकाले अर्को सुनुवाइको मितिसम्म तोक्ने बताएका थिए ।भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिनेक्रममा सभाको अध्यक्षता गरेको व्यक्तीको समेत मत लिएका थिए । उक्त दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरी र गीता तिम्सिनाले गरेका थिए । उनीहरुले पालै पालो मत दिएका थिए । सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ ।

 

तपाईको प्रतिक्रिया