Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – भारतको अन्तरिक्ष एजेन्सी (इसरो)ले पहिलो पटक चन्द्रयान–३ को रोभर चन्द्रमामा हिँडेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रमाको दक्षिण ध्रुव नजिकै अन्तरिक्षयान अवतरण गरेर इतिहास बनाएको भारतले रोभर प्रज्ञान चन्द्रधरातलमा हिँडेको भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्किएर चन्द्रमाको सतहमा पाइला चालेको देख्न सकिन्छ । रोभर प्रज्ञानलाई बोकेको विक्रम ल्यान्डर बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ४ मिनेटमा योजनाअनुसार सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो । सोभियत संघ, अमेरिका र चीनपछि चन्द्रमामा सफ्ट ल्यान्डिङ यान अवतरण गराउने भारत चौथो देश बनेको थियो ।

बिहीबार भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले २६ किलोग्रामको रोभर ल्यान्डरबाट झर्दै भारतले चन्द्रमामा हिँडेको भनेको छ । शुक्रबार बिहानको भिडियोले रोभरलाई घामको किरण र यसको लामो छायामा सहित बाहिर हिँडेको देखिन्छ ।

 

तपाईको प्रतिक्रिया