Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२, चालिसेबाट त्रिशूलीमा खसेको थियो। दुर्घटनामा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ। त्रिशूली नदीबाट आठ जनाको शव निकालिएको र सनाखत हुन बाँकी रहेको छ। त्यस्तै, दुर्घटनास्थलबाट २४ जनाको उद्वार गरिएको छ। उनीहरूमध्ये १६ जना घाइते छन्। घाइतेको गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ।

बसमा कति यात्रु थिए भन्ने यकीन भएको छैन। उद्वार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्वारमा खटिएका छन्। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। बस अनियन्त्रित भएर त्रिशूलीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ। ***

तपाईको प्रतिक्रिया