टोकियो – सरकारले गत मे महिनामा कोभिड-१९ लाई कम जोखिमको रोगको श्रेणीमा राखेपछि जापानी कम्पनीहरूले घरमै बसेर काम गर्ने (टेलिवर्किङ) सेवालाई घटाउन थालेका छन् । टाढाबाट अर्थात् घरबाटै काम गर्ने कामदारहरूको कडा मागको बाबजुद टेलिवर्किङ सेवालाई घटाउन थालिएको हो ।
पर्सोल रिसर्च एन्ड कन्सल्टिङ कम्पनीले हालै गरेको सर्वेक्षण प्रतिवेदनअनुसार टेलिवर्क प्रणाली प्रयोग गर्ने कामदारहरूको अनुपात २२.२ प्रतिशतमा झरेको छ, जुन संख्या कोरोनाभाइरस प्रकोप पछिको सबैभन्दा कम हो । मध्य जुलाईमा १० वा बढी कर्मचारीहरू भएका कम्पनीहरूमा २४ हजार ६४४ कामदारहरूबाट प्रतिक्रियाहरू लिइएको थियो ।
विश्वभर कोरोना फैलिएपछि २०२० अप्रिलमा गरिएको आपतकालिन घोषणा गरिएको थियो । त्यो बेला टेलिवर्क प्रणालीको २७.९ प्रतिशन्त प्रयोग भएको थियो जुन फेब्रुअरी २०२२ मा २८.५ प्रतिशतले बढेको थियो । अहिले कम्पनीहरूले त्यो संख्यालाई घटाइरहेको बेला टेलिवर्कमा संलग्न ८१.९ प्रतिशतले घरबाटै काम जारी राख्न चाहेको मत राखेका छन् । अहिले जापानी कम्पनीहरूले कर्मचारीहरूलाई कार्यालयमा काममा फर्कने प्रवृत्तिलाई गति दिएका हुन् । उनीहरू टेलिवर्कलाई प्रवर्द्धन गर्न हिचकिचाउँदै आएका छन् ।
श्रम बजार विज्ञहरूले जापानमा टेलिवर्कको प्रचलनका केही अप्ठ्यारालाई औँल्याएका छन् । उनीहरूले आमनेसामने सञ्चारको अभाव, कठोर र श्रेणीबद्ध कार्य संस्कृति भनेका छन् । यो प्रणाली कर्मचारीका लागि सहज मानिएपनि कम्पनीहरूले भने कामको गुणस्तर अपेक्षाकृत नभएको तर्क गरेको हुन् ।