Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौं – राष्ट्रिय सभाको वैठक आज (बिहीबार) बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान १० बजे बस्नेछ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण स्थगित भएको बैठक आज बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ । जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ । त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिकामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया