काठमाडौं – पर्यटक आगमन करिब पुरानै अवस्थामा फर्किएको छ । कोभिड माहामारी अघिकै अवस्थामा पर्यटक आउन लागेको तथ्यांकले देखाएको छ ।
जुन महिनामा ९६.४८ प्रतिशत अर्थात् ७२ हजार २५० पर्यटक भित्रिएका छन् । माहामारीअघि सन् २०१९ को जुनमा ७४ हजार ८८३ पर्यटक भित्रिएका छन् । माहामारीको बीचमा २०२० मा १०२ जना, २०२१ मा १ हजार १८७, २०२२ मा ४६ हजार ९५७ र २०२३ मा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डका प्रवक्ता मनिराज लामिछानेले जानकारी दिए ।
सबैभन्दा बढी पर्यटक भारतबाट ३८ हजार ८४५, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बंगलादेशबाट २ हजार ४०२ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, बेलायतबा १ हजार ९९२, अष्ट्रिेलियाबाट १ हजार ६३९, मलेसियाबाट १ हजार ०७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७६४ र भुटानबाट ७०२ जना पर्यटक उडान मार्फत नेपाल आएका छन् ।