काठमाडौं – शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा शुक्रबार १४ सय २५ रुपैयाँ कायम भएको छ ।