Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो । पार्टीका उपमहासचिव गंगालाल तुलाधारले पदाधिकारीसहित सचिवालय बैठक बस्न लागेको बताए । एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिचमा समाजवादी मोर्चा बनउने तयारी छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो कसरतपछि घोषणा गर्न लागिएको हो । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने गरी चार दलबीचमा सहमति भएको छ । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने निश्चित छ । यो बीचमा नेपाल समाजवादी पार्टीलाई समेत मोर्चामा ल्याउने दलहरूले प्रयास गरिरहेको बताइएको छ ।

मोर्चामा सहभागी ती दलहरूमा तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालको पहलमा समाजवादी मोर्चा बनाएर समाजवादी केन्द्र निर्माण गरी कम्युनिष्टहरु एकताबद्ध हुने सहमति अनुसार नै समाजवादी केन्द्र बनाउने निर्णय भएको हो ।

 

तपाईको प्रतिक्रिया