Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै सात किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेस्टर्सलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार पउलले सुटकेशमा फल्सबटम बनाएर चरेस लुकाई इस्तानबुल लैजाने योजनामा थिए । प्रहरीले शङ्का लागेर सुटकेस खोतल्दा  झन्डै सात किलो ( ६ किलो ८ सय ६० ग्राम) चरेस फेला परेको जानकारी ठकुरीले दिए । थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले उनलाई बरामद लागू औषधसहित लागू औषध नियन्त्रण ब्युरोमा पठाएको छ ।

 

तपाईको प्रतिक्रिया