Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । इन्टर मिलानले मंगलबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा अर्को इटालियन क्लब एसी मिलानलाई १—० गोलले हरायो ।इन्टर मिलान समग्रमा ३—० गोलअन्तरले फाइनलमा पुगेको हो । यसअघि गत खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि इन्टर मिलान १—० गोलले विजयी भएको थियो ।

इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । इन्टर मिलान यसअघि सन् २०१० मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । त्यतिबेला इन्टर मिलानले उपाधि पनि जितेको थियो । सेमिफाइनलको दोस्रो लेग खेलमा इन्टर मिलानका लागि लाउटारो मार्टिनेज नायक बने । २५ वर्षीय अर्जेन्टिनी खेलाडी मार्टिनेजले निर्धारित समयको ७४औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले बेल्जियन खेलाडी रोमेलु लुकाकुको गोलमा गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल आगामी जुन १० तारिखमा टर्कीको इस्तानबुलमा खेलिने छ । फाइनल खेलमा इन्टर मिलानले स्पेनिस पावर हाउस रियल मड्रिड वा इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले हालसम्म ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । २ पटक इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको छ ।

 

तपाईको प्रतिक्रिया