Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – बार्सिलोनाले ला लिगाको यस सिजनको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पेनियोललाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले यस सिजनको ला लिगाको उपाधि चार खेल अघि नै जितेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरे भने एलेजान्द्रो बालडे र हुलेज कोउनडेले एक एक गोल गरेका थिए । त्यस्तै इस्पेनियोलका लागि जाभी पाउडो र जोसेलुले एक एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको ३४ खेलमा ८५ अंक भएको छ ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा १४ अंकले अगाडी रहेको छ । इस्पेनियोलको ३४ खेलमा ३१ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।

योसँगै बार्सिलोनाले सन् २०१८-१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाको यो २७औ ला लिगा उपाधि हो । ला लिगाको उपाधि धेरै पटक जित्ने किर्तिमान भने रियल म्याड्रिडको नाममा छ । रियलले ३५ पटक यो उपाधि जितेको छ ।

बार्सिलोनाका प्रशिक्षक जाभीको यो प्रशिक्षकको रुपमा बार्सिलोनामा यो दोस्रो उपाधि हो । उनले यस अघि यसै सिजनको सुपर कोपाको उपाधि जिताएका थिए । तर ला लिगाको भने यो पहिलो उपाधि हो । जाभी २०२१ को नोभेम्बरमा बार्सिलोनाको प्रशिक्षक बनेका थिए ।

तपाईको प्रतिक्रिया