Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पहिलो प्रक्षेपण असफल भएको छ ।

रकेट प्रक्षेपणको केही समयमानै आकाशमा विस्फोट भएको स्पेस एक्सले जानकारी दिएको छ । बिहीबार साँझ टेक्सासको बोका चिकाबाट प्रक्षेपण गरिएको स्टारशिप रकेट पहिलो स्टेजबाट अलग हुनुअघि अस्वाभाविक रूपमा विस्फोट भएको स्पेस एक्सले जनाएको छ ।

स्पेस एक्सले अहिले विज्ञहरूले डाटाहरूको अध्ययन गरिरहेको र आजको परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने बताएको छ । एलन मस्कको कम्पनी स्पेस एक्सले मानिसलाई अन्तरग्रहीय बनाउने अभियान अन्तर्गत यो मिसन सुरु गरेको हो । यसको उद्देश्य पहिलो पटक मानिसले पृथ्वीबाहेक अन्य ग्रहमा पाइला टेक्न सफल बनाउनु रहेको छ ।

मस्क सन् २०२९ सम्ममा मानिसलाई मंगल ग्रहमा लैजान र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पुर्‍याउन पनि सक्षम हुनेछ ।

तपाईको प्रतिक्रिया