Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – सुडानमा सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्त सोमबार तेस्रो दिन पनि जारी छ । शनिबारदेखि जारी दुईपक्षीय भिडन्तमा परी हालसम्म करीब १०० जनाको मृत्यु भएको डक्टर्स एसोशिएसनले जनाएको छ ।

११ सयभन्दा बढी घाइते भएको बताइएको छ । मृतक र घाइतेको संख्याबारे फरक फरक तथ्यांक आइरहेका छन् । सुडान डक्टर्सको कमिटीले ९७ जना र विश्व स्वास्थ्य संगठनले ८३ जनाको मृत्यु भएको बताएका छन् ।

सुडानको सैन्य सरकार र सत्ता हत्याउने प्रयास गरिरहेको आरएसएफ दुवैले विमानस्थल, राष्ट्रपतीय कार्यालयसहित विभिन्न संवेदनशील स्थान कब्जामा लिएको दाबी गरेको थियो । तर, खार्तुममा संघर्ष जारी छ । त्यहाँ विष्फोटका आवाजसँगै धुवाँको मुस्लो पनि आइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । हवाई आक्रमणसमेत भइरहेको छ ।

मुलुकको शासन व्यवस्था कस्तो बनाउने भन्ने विषयमा फरक धारणा राख्ने सुडानी सेना र अर्धसैनिक बलको नेतृत्वबीच तनाव जारी छ ।

तपाईको प्रतिक्रिया