काठमाडौँ – नेपाल राष्ट्र बैंककाअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ १७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ७७ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमूल्य १४३ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा तोकिएको छ ।
क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १९ रुपैयाँ ८ पैसा र बिक्रीमा १९ रुपैयाँ १७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रदर ३५ रुपैयाँ १० पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५ पैसा छ ।