Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – फिलिपिन्सको दक्षिणमा रहेको बासिलान प्रान्तमा यात्रुहरू चढेको जहाजमा आगो लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
घटनामा लगभग २३० जनालाई उद्धार गरिएको छ । बुधवार राति लागेको आगोका कारण नौ अन्य मानिस घाइते भएका छन् ।

वातानुकूलित क्याबिनहरूबाट आगो लाग्न शुरू भएको तटरक्षक प्रमुख कोमोडोर रेजार्ड मार्फेले बताए । एमभी लेडी मेरी जोय ३ जहाजमा पानी हालिएको अनि अनि उद्धार गरिएका यात्रुलाई तटमा ल्याइएको थियो । उक्त जहाज मिन्दानाओ टापुको जाम्बोआंगा शहरबाट सुलुप

प्रान्तमा रहेको जोलो टापुतर्फ जाँदै गर्दा आगो लागेको थियो । जहाजको यात्रु सूचीमा २०५ जना चढाइएको भए पनि त्यसभन्दा बढी यात्रु रहेकाले कतिपय यात्रुहरू हराएको हुनसक्ने बासिलानका गभर्नर जिम सालिमानले बताए ।

तपाईको प्रतिक्रिया